आधाकल्चो रासन दिएकोले विक्षुब्ध गाउँलेहरू

6fd18083-6630-4233-89d3-c412fc24c10c

कालचिनीः एनएफएसए एवम् पीडीएस प्रणाली अन्तर्गत जनसाधारणलाई दिईने रासनमा अचेल अनियमितता भईरहेको र रासनमा केवल चामल दिईरहेको र आँटाको निम्ति पुनः अर्को मिति रासन डीलरहरूले दिने गरेको एकसाथ चामल र आँटा जनसाधारणले नपाएको आरोप लगाउँदै शनिबार कालचिनी अस्पताल लाईनको रासन वितरण केन्द्रमा स्थानीय गाउँले साथै तृणमूल नेताहरूले रासन वितरण केन्द्रमा ताला लगाईदियो।
कालचिनीका तृणमूल नेता सोभित लामा र ओमदास लोहारले रासनमा केवल चामल दिईरहेको आँटा खोई भन्दा आँटापछि दिईने आश्वासन सुन्दै आईरहेकोले रासन दिने भए एकसाथ दिने नत्र एमआर पसल बन्द राख्ने चेताउनी दिँदै शनिबार रासन वितरण केन्द्रमा ताला लगाई दिएको जनाएका छन्। राज्य सरकारले जनताको रासन सबै समयमा उपलब्ध गराएको तर यहाँ कतिपय रासन डीलरहरूले घटिया मानको चामल दिईरहेको त्यसमाथि अहिले आधाकल्चो रासन दिएकोले यस्तो अनियमितता हुन नदिने भन्दै जब पुरा रासन सामग्री आउँछ तब मात्र रासन वितरण गर्न दिईने स्थानीय बासिन्दाहरूले जनाएका छन्। आगामी दिनमा यसरी नै आधाकल्चो रासन वितरण गरीए रासन डीलरहरू विरुद्ध गतिलो आन्दोलन गरिने तृणमूल नेता सोभित लामा र ओमदास लोहारले चेताउनी समेत दिएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *