सिलगढी: कर्नाटक विधानसभा चुनावमा कङ्ग्रेसको जितपछि कङ्ग्रेस कार्यकर्ता र समर्थकहरू खुसी छन्। शनिबार दार्जिलिङ जिल्ला कङ्ग्रेसले सिलगढीको हास्मिचोकबाट विजयी जुलुस निकालेको थियो। जुलुसको नेतृत्व दार्जिलिङ जिल्ला कङ्ग्रेस अध्यक्ष शंकर मालाकारले गरेका थिए। दार्जिलिङ जिल्ला कङ्ग्रेस अध्यक्ष शंकर मालाकारले आगामी दिनमा राहुल गान्धी भारतको प्रधानमन्त्री बन्ने बताएका छन्।









