नेपालकी पूर्वराष्ट्रपति भण्डारीद्वारा भारतसँगको सीमा स्पष्ट राख्नुपर्नेमा जोड

00-1-Bidyadevi-Bhandarai-former-President-of-Nepal

काठमाडौं: नेपालकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतसँग नेपालको सीमा स्पष्ट राख्नुपर्ने बताएकी छिन्। उनले भारतलाई नेपालको भूराजनीतिक संवेदनशीलतालाई ख्याल गर्न पनि आग्रह गरेकी छिन्। भारतसँग विवाद रहेको भूमिसम्बन्धी पुस्तकको विमोचन गर्दै भण्डारीले आज शनिबार यो भनाई राखेकी हुन्। डा. अच्युत गौतम र डा. सुरेन्द्र भण्डारीले लेखेको पुस्तक लिम्पियाधुरा, लिपुलेक र कालापानीको बारेमा छ। राष्ट्रपतिको पदावधि सकिएपछि पहिलोपटक सार्वजनिक रुपमा भण्डारीले भारतसँगको सीमाको विषयमा बोल्नुलाई अर्थपूर्ण मानिएको छ। उनले भारतको अधिनमा रहेको कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भएको बताइन्।

लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतको अधिनमा रहेपनि नेपालले सन् २०२० को मईमा जारी गरेको आफ्नो नयाँ नक्शामा उल्लेख गरेको छ। त्यतिबेला सीपीएन यूएमएलका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए। भण्डारी राष्ट्रपति हुँदा नयाँ नक्साको प्रमाणिकरण भएको थियो। यसले दुई देशबीच सीमा विवाद चर्काएको थियो। भण्डारीले छिमेकी देशसँग कूटनीतिक माध्यमले सीमा समस्या समाधान गर्नुपर्नेमा जोड दिइन्। उनले कूटनीतिक भूमिका निर्वाह गर्दा राजनीतिक दल र नेताहरुलाई संवेदनशील हुन आग्रह पनि गरिन्। आफ्नो राष्ट्रिय हित र सुरक्षामा संवेदनशील बनिरहँदा अर्को राष्ट्रको हित र सुरक्षामा पनि त्यत्तिकै संवेदनशील बन्नुपर्ने बताइन्। यो विषयमा संवेदनशील हुन आग्रह पनि गरिन्। पूर्वराष्ट्रपति भण्डारी फेरि नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कने चर्चा चलिरहँदा पछिल्लो अभिव्यक्ति आएको हो। -हिस  

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement