बीरपाडा: अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विश्वभर मनाइन्छ। एक महत्त्वपूर्ण दिन हो जसले विश्वभरिका प्रत्येक व्यक्तिलाई स्वास्थ्य र सामंजस्यपूर्ण जीवनतर्फ आकर्षित गर्दछ। डिपिएस डुवर्सले अन्तर्राष्ट्रिय योग दिवसमा विद्यालय क्याम्पसको मैदानमा योग दिवस मनायो। योग शिक्षिका ज्योति विश्वकर्माको निर्देशनमा विद्यार्थीहरुले योगा प्रस्तुत गरे। विद्यार्थीहरूद्वारा योग प्रदर्शन सुन्दर ढंगले गरिएको थियो र कक्षा दशौंकी विद्यार्थी सौमिली भोवलले स्वास्थ्य र खुसी जीवन बिताउनुका फाइदाहरूबारे वक्तव्य राखे। प्रिन्सिपलको सम्बोधनले विद्यार्थीहरूलाई प्रोत्साहन दिन्छ कि हाम्रो दैनिक जीवनमा योग सिकाएर र अभ्यास गरेर साँचो आनन्द प्राप्त गर्न सकिन्छ जसको उद्देश्य बलियो, शान्त र फिट भारत निर्माण गर्नु हो।