कर्नाटकको परिणामबारे मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्, ‘यो परिवर्तनको जनादेश हो’

मुख्यमन्त्री ममता ब्यानर्जी

कोलकाता: कर्नाटकमा कांग्रेसको विजयमा उत्साहित भएकी मुख्यमन्त्री ममता ब्यानर्जीले यस विजयलाई परिवर्तनको जनादेश बताएकी छिन्। शनिबर अपरान्ह मुख्यमन्त्रीले ट्वीटरमा लेखिन्, ‘परिवर्तनको पक्षमा निर्णायक जनादेश दिनुभएकोमा कर्नाटकका मानिसहरूलाई मेरो सलाम। क्रूर अधिनायकवादी र बहुसंख्यकवादी राजनीति अब हारिसकेको छ। केन्द्रले जति नै आफ्नो शक्तिको प्रयोग किन नगरोस्, तर मानिसहरूले बहुलता र लोकतान्त्रिक शक्तिहरूलाई जिताउन चाहे उनीहरूको मर्जीलाई कसैले दबाउन सक्दैन। यही नै कर्नाटक चुनावको सन्देश हो र भविष्यको लागि पाठ पनिl’

उल्लेखनीय छ, शनिबार कर्नाटक विधानसभा चुनावको परिणाम घोषित भयो। कांग्रेसले १३६ सीटमा चमत्कारी आँकड़ा प्राप्त गरेको छ। परिणाम घोषणा भएपछि देशभरिकै कांग्रेस कार्यालयहरूमा हर्षोल्लास मनाइँदैछ भने गैरभाजपा पार्टीहरूले भाजपामाथि कटाक्ष गरिरहेका छन्। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement