बेंगलुरु: कर्नाटक विधानसभाको चुनावमा भारतीय जनता पार्टी (भाजपा)लाई गतिलो झट्का लागेको छl यस चुनावको परिणामले देशको सबैभन्दा ठूलो पुरानो पार्टी कांग्रेसको लागि नयाँ आशाको किरण देखाएको छ। दक्षिण भारतको प्रवेशद्वार मानिने यस राज्यको २२४ वटा सिटमा १३६ वटा मा जीत गर्दै कर्नाटकमा बहुमतको आँकडा पार गरेको छ। यस विजयको अर्थ दक्षिणको किल्लामा पनि ठूलो छ। जीतपछि डीके शिवकुमार भावुक भएर रोए, कर्नाटक चुनावमा राहुल गान्धीले मिडियालाई बारम्बार अभिवादन गरे।
१३६ सिट जितेर कांग्रेसले भाजपा सरकारलाई ध्वस्त पारेको छ। यो ऐतिहासिक जीतमा कांग्रेस कार्यकर्तामा उत्साह जागेको छ। यसैबीच कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीले कर्नाटकका जनतालाई धन्यवाद दिएका छन्। राहुल गान्धीले भने, ‘कर्नाटकमा घृणाको बजार बन्द भएको छ, प्रेमको पसल खुलेको छ। हामीले कर्णाटकका जनतालाई ५ वाचा गरेका थियौँ, पहिलो मन्त्री परिषद्को पहिलो दिनमै पूरा गर्नेछौँ। कर्नाटकमा गरिब जनताले केही उद्योगपतिलाई पराजित गरेका छन्। हामीले यो लडाइमा घृणा प्रयोग गरेका छैनौंl’ उनले अझ भने, ‘म कर्नाटकका हाम्रा कार्यकर्ताहरू, हाम्रा नेताहरूलाई बधाई दिन्छु। कांग्रेस पार्टी कर्नाटकमा गरिबहरूको साथमा उभिएको छ। हामीले यो लडाई प्रेमका साथ लड्यौंl’
राहुल गान्धीले भने, ‘कर्नाटकको चुनावमा एकातिर पुँजीपतिहरूको शक्ति थियो, अर्कोतिर गरिब जनताको शक्ति थियो। ‘शक्ति’ले पुँजीपतिहरूलाई पराजित गर्यो। यस चुनावमा कांग्रेस गरिबको साथमा उभिएको थियो। हामी घृणा र गलत शब्दले लडेका होइनौँ, प्रेमले लडेका हौँ।’ उनका अनुसार कर्नाटकका जनताले यो देशलाई माया गर्छ भन्ने देखाएको छ।
यसै क्रममा कांग्रेस महासचिव प्रियंका गान्धीले पनि कर्नाटक चुनावमा पार्टीको जीतमा ट्वीट गरेकी छिन्। ‘कङ्ग्रेस पार्टीलाई ऐतिहासिक जनादेश दिनुएका कर्नाटकका जनतालाई मेरो हृदयदेखि नै धन्यवाद छ’, उनले भनिन्, ‘यो तपाईंको कारणको लागि विजय हो। प्रगतिको विचारलाई प्राथमिकता दिँदै कर्नाटकको यो जित हो। यो देशलाई एकताबद्ध गर्ने राजनीतिको जीत हो। कर्नाटक कांग्रेसका सबै मेहनती कार्यकर्ता र नेताहरूलाई मेरो शुभकामना। तपाईको मेहनतले सार्थकता पाएको छ, कांग्रेस पार्टीले कर्नाटकका जनतालाई दिएको ग्यारेन्टीलाई कार्यान्वयन गर्न लगनशीलताका साथ काम गर्नेछ। जय कर्नाटक, जय कांग्रेसl’
अर्कोतर्फ, कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगेले कर्नाटक विधानसभा चुनावमा पार्टीको राम्रो प्रदर्शनलाई ‘जनता जनार्दन’ को जीत भन्दै जनताले भारतीय जनता पार्टीको कमजोर प्रशासन र कांग्रेसका पाँच ग्यारेन्टीको पक्षमा मतदान गरेको बताए। उनले भने, ‘सबै नवनिर्वाचित कांग्रेस विधायकहरूलाई आज साँझसम्म बेंगलुरु पुग्न भनिएको छ ताकि सरकार गठनको प्रक्रिया अगाडि बढाउन सकियोस्l’