अण्डर-१४ बोइज लीगः हिल्स फूटबल एकाडमी सजिलै विजयी

photocollage_2023513165642317.jpg

१३ मईः खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा आयोजित महकुमा स्तरीय अण्डर-१४ बोइज फूटबल लीगको पहिलो दिन आज हिल्स फूटबल एकाडमीले सजिलै जीत हासिल गऱ्यो । स्थानीय चानमारी खेल मैदानमा शनिवार भएको उद्घाटन म्याचमा हिमाली बोर्डिंग स्कूललाई हिल्स फूटबल एकाडमीले ६-०-ले पराजित गऱ्यो। आजको म्याचमा सुरेन गुरुङ मुख्य रेफरी रहेको थिए। यसरी सहायकको भूमिकामा नितेश देवान र प्रतीक गुरुङ थिए। नवराज थापा फोर्थ अफिसियल रहेका थिए। खरसाङ महकुमाबाट जम्मा ५ वटा टीमले लीगमा हिस्सा लिएको छ। यसमा हिल्स फूटबल एकाडमी, जेआर३२ फूटबल एकाडमी, हिमाली बोर्डिंग स्कूल, कार्मेल हाई स्कूल र पुष्परानी रोय मेमोरियल हाई स्कूल सामेल छ।

लीगका सबै म्याचहरू स्थानीय चाँदमारी मैदानमा हुनेछ। आइतवार खेलिने म्याचमा पुष्परानी रोय मेमोरियल हाई स्कूल र कार्मेल हाई स्कूलबीच भिड़न्त हुनेछ । म्याच दिउँसो ०१.०० बजीदेखि शुरु हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement