नीति आयोगको बैठकमा सामेल हुन दिल्ली जानेछन् ममता

mam_6-1

कोलकता: आउँदो २७ मईको दिन दिल्लीमा नीति आयोगको बैठक निर्धारण गरिएको छ। बैठकमा सामेल हुनका लागि पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यनर्जी दिल्ली जाने भएकी छन्।

राज्य सचिवालयका स्रोतअनुसार उक्त बैठकमा बिहारका मुख्यमन्त्री नीतीश कुमार, अरविन्द केजरीवाल सहित गैरभाजपा शासित राज्यहरूका मुख्यमन्त्रीहरू सामेल हुने सम्भावना छ। बैठकपूर्व वा पश्चात आगामी वर्ष २०२४-मा सम्पन्न हुने लोकसभा चुनाउ केन्द्रित विपक्षी एकतालाई लिएर बैठक हुनसक्छ।

स्मरण गराइन्छ, बिहारका मुख्यमन्त्री नीतीश कुमारले विभिन्न राज्यहरूको यात्रा गरी गैरभाजपा पार्टीहरूका प्रमुखहरूलाई एकजुट बनाउने कार्यमा जुटेका छन्। मुख्यन्त्री ममता ब्यनर्जीले पनि यस्तै प्रस्ताव पहिला राखिसकेकी छन्। सो बैठकमा ओडिशाका मुख्यमन्त्री नवीन पटनायक पनि सामेल हुनेछन्। यसैले बैठकमाथि सबैको नजर अड़िएको छ।

यसपूर्व कोलकातामा सपा प्रमुख अखिलेश यादवले मुख्यमन्त्री ममता ब्यनर्जीसित भेट गरेका थिए। यस भेटमा विपक्षी एकजुटताको आवश्यक्तामाथि बल दिइएको थियो। त्यसपछि ओडिशा पुगेकी मुख्यमन्त्री ममताले नवीन पटनायकसित भेट गरेकी थिइन्। कुमार स्वामीले कोलकाता आएर ममतासित भेट गरेका थिए।

यसबीच नीतीश कुमारले पनि कोलकातामै ममतासित भेट गरिसकेका छन्। कुमारले त झन् ओडिशा गएर मुख्यमन्त्री नवीन पटनायक औ झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनसित भेट गरिसकेका छन्। यसको लागि आगामी २७ मईको दिल्ली बैठकभन्दा भिन्नै यी नेताहरूको बैठकमाथि सबैको ध्यान केन्द्रित भएको छ। विशेष पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले गैरभाजपा र गैरकंग्रेस गठबन्धनको वकालत गर्दै आइरहेकी छन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement