बेगूसराय: भजन सम्राट पद्मश्री अनुप जलोटाले भनेका छन्, मानिसहरूको हृदयमा सङ्गीतप्रति प्रेम छ। ‘हामीले ठाउँ-ठाउँमा गएर गाउँ अनि शहरका संगीत प्रतिभाहरूलाई अघि ल्याउने अभियान संचालन गरिरहेका छौं’, उनले भनेl
शुक्रबार राति राष्ट्रकवि रामधारी सिंह दिनकरको गाउँ सिमरियामा भजन सन्ध्या प्रस्तुत गर्न आएका अनुप जलोटाले पत्रकारहरूसितको बातचितमा भने, ‘देशभरिका गाउँ-गाउँ, शहर-शहरमा लुकेर बसेका प्रतिभाहरूलाई खोज्ने काम गरिरहेका छौं। बिहारमा पनि हामीले यो अभियान शुरू गरेका छौं। ‘बेगूसरायका रंजीत भारतीले राम्रो सङ्गीत प्रस्तुत गरिरहेका छन्। यिनको गीत सुनेर यस्तो लाग्छ कि यो मेरो स्वर हो। भोलि गाजीपुर कार्यक्रममा प्रस्तुत गर्न गइरहेका छौं। त्यहाँ राम रमैया कार्यक्रममा स्थानीय गायकहरूलाई प्रस्तुत गर्नेछौं। गोरखपुरबाट हामीले आठ प्रतिभालाई चयन गरेका छौंl’
भजन सम्राट जलोटाले भने, ‘हिजोआज कता-कता पश्चिमा संस्कृति हावी भइरहेको छ। तर आज पनि भारतीय सङ्गीत अनि भजनप्रेमीहरू सबै उमेरका छन्, त्यसमा युवा पनि छन्, बुजुर्ग पनि। हाम्रो संस्कृति बहुप्रभावशाली छ, यो कहिल्यै विलुप्त हुनसक्दैन। हामी विश्वको कुनै पनि देशमा कार्यक्रम प्रस्तुत गर्न जाँदा हिन्दीमै गीतहरू प्रस्तुत गर्छौं र राम्रोसितले मानिसहरूलाई बुझाउँछौं।’ -हिस