बेगूसराय: बेगूसरायका सांसद तथा केन्द्रीय मन्त्री गिरिराज सिंहले शनिवार पटना हवाईअड्डामा बागेश्वर धामका सन्त पण्डित धीरेन्द्र शास्त्रीलाई स्वागत जनाए। यस अवधि उनले एकपल्ट फेरि जय श्री रामको नारा लगाउॅंदै सनातन धर्मका विरोधीहरूको तीव्र निन्दा गरे।
गिरिराज सिंहले भने, ‘देशमा सनातन धर्मलाई जगाउनका लागि बिहारको भूमिमा रहेका सनातनीहरूलाई जगाउनु पर्नेछ। बिहारमा एकतिर उत्तर प्रदेश छ भने अर्कोतिर पश्चिम बंगाल। धीरेन्द्र शास्त्रीको कार्यक्रमको भाइब्रेशन दुवैतिर जानेछ। राजनीतिक परिणाम आउॅंछ-जान्छ, तर समाजलाई जगाउनु सबैभन्दा महत्वपूर्ण हो।’
उनले आरोप लगाउॅंदै भने, ‘सनातनलाई जगाउने अभियान रोक्नका लागि बिहार सरकारले गॉंधी मैदानमा ठाउॅं दिएन। धीरेन्द्र शास्त्री कोही विदेशी होइनन्, उनी देशका एक साधारण नागरिक हुन्।’ -हिस