जम्मू-श्रीनगर राष्ट्रिय राजमार्ग खुल्ला

d38b5ad9-eab7-47d0-846c-8b1fcd90620c

जम्मू: जम्मू-श्रीनगर राष्ट्रिय राजमार्ग साना वाहनहरूको आवागमनको निम्ति खुल्ला रहेको छ। शनिवार बिहानदेखि साना वाहनहरूलाई राजमार्गमा दुवै दिशाबाट आवत-जावत गर्न अनुमति दिइएको छ। यसपछि ठूला सवारी साधनहरूलाई अनुमति दिइने छ।

उल्लेखनीय छ, श्रीनगर-लद्दाख राजमार्गमा हिमपात र पैह्रोका कारण चार दिनसम्म बाटो बन्द रहेपछि शुक्रवारदेखि फेरि यातायात सामान्य बनेको छ। श्रीनगर-लद्दाख राजमार्ग अन्तर्गत जोजिला घाटीमा हिमपात र पैह्रोका कारण सोमवार बाटो बन्द भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement