सुके। मानेभञ्ज्याङ समष्टिमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले चुनावी सभामा बोल्दै भने, “विपक्षका साथीहरुले भोट त माग्दैछन् तर गाली गरेर। भोट माग्ने पार्टीहरुले आफ्नो भिजन, उद्देश्य केही देखाएका छैनन्। उनीहरूलाई भोट हाले, जनतालाई नै धोखा हुनेछ। उनीहरूले यदि भोट जितेर गए पनि तपाईहरुको पक्षमा केही काम गर्नेवाला छैन। उनीहरूले भन्नेछन्, मैले भनेको नै थिए जी टी एन ठीक छैन भनेर। हामी केही गर्नु सक्दैनौं।”
पहाडको कुन काप्चामा पनि हाम्रो सन्देश पुगेको छ। मानिसहरुले हाम्रो सोचलाई स्वीकार गरेका छन् भन्दै भने, “जी टी एन बंगाल भित्रको व्यवस्था हो। हामीले बंगाल सरकार संग मिलेर नै काम गर्नु पर्छ। बंगालको बिरोध गर्दा जनताले हिम्मतवाला भन्छन होला। तर पहाडको विकास गर्नु हिम्मतवाला होइन बुद्धि चाहिन्छ।”
खरसाङका विधायकले भोलिएण्टर शिक्षकहरूको नियुक्ति माथि गरेको पहल माथि बोल्दै भने, “विधायकले आज सम्म आफ्नो क्षेत्रको निम्ति काम त केही गरेको छैन तर हाम्रो नानीहरूको नौकरी खानु तर्फ लागेको छ।”
उनले सुकेको भोट उदयलाई होइन तर अव्यवस्थित सुकेलाई व्यवस्थित बनाउने अनि सुकेको डि. आई. फण्डको मुद्दा पार लगाउनलाई दिनुहोस भन्दै भने, ” मैले चुनाव हारेर पनि पहाडको निम्ति काम गरी नै रहेको छु। तर विपक्षको नेता चार पल्ट म्यान्डेट पाएको व्यक्ति हो। म्यान्डेट पाएर पनि काम नै नगर्नेलाई भोट दिनुहुन्छ कि हारेर पनि आज सम्म पहाडको निम्ति काम गर्ने अनित थापालाई भोट दिनुहुन्छ?”
सुके-मानेभञ्ज्याङ समष्टिको मिलन सभामा गोजमुमो अनि तृणमूलबाट ९० घरले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई समर्थन जनाए । अनित थापाले उनीहरूलाई स्वागत गर्दै भने, “हामी पहिला एउटै परिवार थियौं आज फेरि एउटै भएका छौ।”
अनित थापाले मध्यान्न पश्चातको चुनावी प्रचार खरसाङ नगरपालिका अन्तर्गत १० नम्बर वार्डमा गएर गरे।