खण्डवास्थित हेमकुन्ट फाउण्डेशनको करोड़ौं रुपियाँको सम्पत्ति कुर्की, कोभिड फण्डमा धाँधलीको आरोप

si

मध्य प्रदेशः मध्य प्रदेशस्थित हेमकुन्ट फाउण्डेशनको पाँच करोड़ रुपियाँभन्दा अधिकको सम्पत्तिलाई कुर्की गरिएको छ। प्रवर्तन निदेशालय (ईडी)-ले दुई वर्षपूर्व वर्ष २०२१- मा कोभिड फण्डमा संग्रहित राशिमा धाँधली गरेको तथा निजी आवश्यक्ताको लागि प्रयोग गरिएको आरोपमा यो कारबाही गरेको हो। कुर्की गरिएका सम्पत्तिहरूमा खण्डवा जिल्लास्थित कृषि भूमि औ भवन सामेल छन्। उपरोक्त जानकारी ईडीले आफ्नो अफिशियल सोशल मीडिया प्लेटफर्म मार्फत दिएको छ। ईडीले बताए अनुसार उसले मनी लन्ड्रिङको एउटा मामिलामा मध्य प्रदेशको खण्डवा जिल्लास्थित ‘हेमकुन्ट फाउण्डेशन’- को ५.३७ करोड़ रिपयाँको अचल सम्पत्ति कुर्की गरेको छ जसमा कृषि भूमि र भवन सामेल छन्। अधिकारीहरूले बताए, यो कारबाही धन शोधन निवारण अधिनियम (पीएमएलए) २००२ एक्टका प्रावधानहरू अन्तर्गत गरिएको हो। यसान्तर्गत अन्तिम रूपमा कुर्की गरिएका सम्पत्तिहरूमा खण्डा जिल्लामा अवस्थित कृषि भूमि र भवन सामेल छन्।

ईडीको तर्फबाट बताइएको छ, कुर्की गरिएको सम्पत्तिको मूल्य ५.३७ करोड़ रुपियाँ छ। यो यस मामिलामा सम्पत्ति जफ्त गर्ने नयाँ आदेश हो, किनभने एजेन्सीले पहिला गुरूग्राममा ४३ करोड़ रुपियाँको जमीन र फाउण्डेशनको १७.३२ करोड़ रुपियाँको एफडी जफ्त गरेको थियो। हेमकुन्ट फाउण्डेशनले कोभिड-१९ को दूसरी लहर अवधि कोरोनाद्वारा पीड़ित मानिसहरूको राहतको नाममा कर्पोरेट्स तथा आम जनताबाट ७७.१० करोड़ रुपियाँ दानस्वरूप संग्रह गरेको थियो। दानको अधिकांश राशिको प्रयोग एफडी, गुरूग्राममा जमीन खरिद गर्ने तथा निर्माण गतिविधिहरूमा गरिएको छ। यो मामिला दिल्ली पुलिसको स्पेशल सेलमा दर्ता एक प्राथमिकीबाट अघि आएको छ जसमा आरोप लगाइएको छ कि फाउण्डेशनले महामारीको दोस्रो लहरको चरममा कोभिड राहत अनि अक्सीजन आपूर्तिको नाममा कतिपय व्यक्ति एवं कर्पोरेट्सबाट करोड़ौं रुपियाँ संग्रह गरेको थियो। तर त्यो राशिको दुरूपयोग गरियो तथा व्यक्तिगत लाभको लागि प्रयोग गरियो। निदेशालयका एक अधिकारीले बताए, ईडीले पहिला ४३ करोड़ रुपियाँको उक्त भूमिलाई कुर्की गरेको थियो भने जाँचको क्रममा १७.३२ करोड़ रुपियाँ पनि जफ्त गऱ्यो। अहिलेसम्ममा कुर्की गरिएको मूल्य ६५.६९ करोड़ रुपियाँ पुगेको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement