गान्तोक: राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले आज एमजी मार्गमा खाद्य प्रशोधन उद्योग मन्त्रालयको सहयोगमा सिक्किम सरकारको वाणिज्य तथा उद्योग विभागद्वारा आयोजित पॉंच दिने सिक्किम अर्गेनिक ङ्गूड सम्मेलनको र प्रदर्शनीको उद्घाटन गरे। यसअवसरमा गान्तोकका विधायक वाईटी लेप्चा, मेयर निलबहादुर छेत्री, लगायत पार्षदहरु उपस्थित थिए। यसको मुख्य उद्देश्य व्यक्तिगत उद्यमी स्वयं सहायता समूहलाई एक्सपोजर दिनु र ग्राहकहरुबाट प्रतिक्रिया प्राप्त गर्नु हो। घरेलु र अन्तर्राष्ट्रिय बजारका प्रदर्शकहरू र खरिदकर्ताहरूबीच प्रत्यक्ष सम्पर्कलाई बढावा दिँदै बैठक पनि आयोजन गरेको थियो। प्रदर्शनीमा विभिन्न स्वयं सहायता समूहका ३५ स्टल र ६० उद्यमी तथा विभिन्न स्थानीय उत्पादनहरूको अर्गेनिक खाना र हस्तकलाका राखिएको छ। उदघाटन गरेपछि राज्यपालले उद्यमीहरुसंग अन्तरक्रिया गरी उत्पादनको अनलाइन उपलब्धता, सर्वसाधारणमा उत्पादित वस्तुको पहुँच र वर्षौंदेखि बजारमा भएको प्रगतिका बारेमा जानकारी लिएका थिए। उनले उद्यमीहरुलाई उनीहरुको आगामी कार्यकालको लागि शुभकामना व्यक्त गरे।
वाणिज्य तथा उद्योग विभागले केन्द् सरकारको सहकार्यमा सिक्किम अर्गेनिक ङ्गूड समिट सुरु गरेको थियो। खाद्य प्याकेजिङ, अर्गेनिक प्रिजर्भेटिभको प्रयोग, र मार्केटिङ जस्ता विभिन्न मुद्दाहरूबारे छलङ्गल गरियो। कार्यक्रममा विभिन्न सिक्किमे जातीय समूहका सांस्कृतिक प्रदर्शनहरू पनि देखाइयो।