कालेबुङ: कालेबुङ जिल्ला गोरुबथान खण्ड मिशनहिल गोदाम लाइन सार्वजानिक भवनमा एक कार्यक्रम समपन्न भएको थियो। भारतीय किसान संघको तत्वावधानमा डा. शरण कुमार रिजालले यस क्षेत्रको किसानहरुलाई लिएर प्रशिक्षण कार्यक्रम गरे।

ज्ञात रहोस डा. शरण कुमार रिजाल कृषि वैज्ञानिक हुन्।उनले आजको यस कार्यक्रममा स्थानीय किसानहरुलाई सुपारी खेती र गोल मरिच खेती विषयमा जानकारी दिए। यस कार्यक्रममा भारतीय किसान संघका राष्ट्रिय सचिव भानु थापाको विशेष उपस्थिति रहेको थियो।यस कार्यक्रमबाट स्थानीय किसानहरुले धेरै लाभ प्राप्त गरेको बताएका छन्।