सिलगढी: सीबीएसईको उच्च माध्यमिक बोर्ड परीक्षामा सिलगढी डीपीएस स्कुलको साइन्स विभागकी छात्रा प्राप्ति दासले ९८.४ प्रतिशत अङ्क ल्याएर उत्तर बंगालमा पहिलो स्थान हासिल गरेको छ। यसैगरी, सिलगढी डीपीएसको कमर्स विभागका अनुराग सेनगुप्ताले ९७ प्रतिशत र ह्युम्यानिटिज विभागबाट रूचिरा रायले ९६.६ प्रतिशत अङ्क हासिल गरेको छ। सिलगढी डीपीएस को उच्च माध्यमिकका विद्यार्थीहरूले १०० प्रतिशत रिजल्ट ल्याउनमा सफल भएको छ। उत्तर बंगाल भरिमै सीबीएसई को माध्यमिक परीक्षामा सिलगढी डीपीएसले पहिलो स्थान बनाएको छ।