पेनल्टी शूटआउटमा ब्राइट स्पोर्टिंग क्लबलाई पराजित गरी राजबारी टीम इलेभेन च्याम्पियन

photocollage_2022621185216713.jpg

२१ जूनः राजबारी युथको आयोजनमा तीनधारेमा भएको ओपन नक्आउट फूटबल टुर्नामेण्टमा राजबारी टीम इलेभेन च्याम्पियन भयो। आइतवार भएको फाइनलमा राजबारी टीम इलेभेनले सिलगढ़ीको ब्राइट स्पोर्टिंग क्लबलाई पेनल्टी शूटआउटमा ५-४-ले पराजित गऱ्यो।नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। राजबारी टीम इलेभेनबाट आमिर लामा र ब्राइट एससी-बाट खोकन रोयले गोल गरे। च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ४५ हजार र रनर अप् हुने टीमलाई ट्रफीको साथमा २५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement