नयाँ दिल्ली: भाजपा अध्यक्ष जेपी नहाले शुक्रवार ‘डेमोक्रेसी इन कोमाः साइलेन्स्ड भोइस अफ वुमन विक्टिम्स इन बंगाल’ पुस्तकको विमोचन गरे। यस अवसरमा आफ्नो सम्बोधनमा जेपी नड्डाले भने, बंगालमा डेमोक्रेसी नामको कुनै चीज छैन, डेमोक्रेसी इन कोमा भनु एकदमै सही हो। हामीलाई मानिसहरूलाई जागरूक गर्ने आवश्यकता छ र बंगालको गौरवलाई स्थापित गर्नुछ। पश्चिम बंगाल सरकारमाथि हमला गर्दै जेपी नड्डाले भने, ममता ब्यानर्जीलाई भाजपाले बंगालमा यति तीव्र गतिमा कसरी अधि बढिरहेछ यो मन परेको छैन ममताले यसलाई पचाउन सकिरहेकी छैन र उनले भाजपाका कार्यकर्ताहरूमाथि हमला गर्नु शुरू गरिन्। उनले आफ्नो अनुभव साझा गर्दै भने, जब चुनाउ प्रचार शुरू भयो तब पहिलो दिन ममाथि पहिलो हमला तब भयो जब म डायमन्ड हार्बर गईरहेको थिए। जब उनीहरूले मलाई छोडेनन् तब आम जनको साथ कस्तो व्यवहार गर्छन् होला, तपाईले बुझ्न सक्छन्। हामी बंगालमा प्रतिशोधको कुरा गर्दैनौं बरू बदलावको कुरा गछौं त्यहाँ परिवर्तन चाहियो र तपाई सबैको शक्तिले हामीलाई परिवर्तन ल्याउन सक्छौं। एकातिर हामी भन्छौं, भारत लोकतन्त्रको जननी हो। अर्कोतिर ममताको कार्यशैली विपक्षलाई मौन गराउने रहेको छ। उनले भने, एनसीआरबी अनुसार, महिलाहरू विरूद्ध अपराध ७४.६ प्रतिशत छ।