के-लीगः पहिलो जीत हासिल गऱ्यो बोंग एफसी-ले

photocollage_202351222146322.jpg

१२ मईः फूटबल एसोसिएशन अव् कालेबुङ डिस्ट्रिक्टको तत्त्वावधानमा आयोजित प्रतिष्ठित के-लीग सुपर डीविजन फूटबल प्रतियोगितामा बोंग एफसी-ले जीतको खाता खोल्यो। स्थानीय मेला ग्राउण्डमा शुक्रवार खेलिएको म्याचमा बोंग एफसी–ले हिमालश्री एथलेटिक क्लबलाई १-०-ले पराजित गऱ्यो। म्याचमा विजेता टीमबाट एकमात्र गोल एडवर्ड लेप्चाले गरे। विजेता टीमका गोलकीपर सम्पत मुखियालाई प्लेयर अव् द म्याच चयन गरियो। आयोजकहरूले जानकारी दिएअनुसार, के-लीग-को यस सीजनमा जम्मा १० वटा टीमले हिस्सा लिएको छ। यसमा कालेबुङ जिल्ला पुलिस, सेसोनिअन एफसी, नादोङ भूटिया एफए, गोरुबथान एफसी, सुबोथ एफए (मंगपंग), शेयर एफसी, जर्जियन एफसी, युनाइटेड ब्रदर्स, बोंग एफसी र हिमालश्री एथलेटिक क्लब सामेल छ।

यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। शनिवार कुनै म्याच छैन। आइतवार खेलिने म्याचमा कालेबुङ जिल्ला पुलिस र सुबोथ एफए (मंगपंग)-बीच भिड़न्त हुनेछ। म्याच दिउँसो २.३० बजीदेखि शुरु हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement