राजनीतिमा शिष्टाचारको ठूलो महत्त्व हुन्छः कृष्ण लेप्चा

IMG-20230513-WA0011.jpg

गान्तोक: संसदीय लोकतन्त्रको विशेषता सत्तारूढ़ दल अनि विपक्षी दलको पारस्परिक जवाबदेही प्रणाली र एक अत्यन्त महत्वपूर्ण विचार-विमर्श प्रक्रियामा प्रकट भएपछि सिक्किमको सन्दर्भमा विपक्षीहरू खण्डित मात्र होइन अव्यवस्थित, आत्मरति, आत्मप्रचार वा दुष्प्रचारका भोगी भएको सत्तारूढ़ एसकेएम पार्टीले बताएको छ। पार्टीका प्रचार-प्रसार सचिव कृष्ण लेप्चाले आज एक विज्ञप्ति जारी गर्दै विपक्षीहरूमा संस्थागत क्रियाकलाप नरहेको कारण उनीहरूको प्रतिपक्षमा बस्ने भिजन वा रणनीतिको अनिकाल लागेको ठोकुरा गरेका छन्। प्रजातन्त्रलाई दह्रिलो बनाउन विपक्षी पार्टीको भूमिका अहम रहे पनि भिजनविहीन विपक्षी पार्टीका कार्यकर्ताहरू केवल चुनाउ नजिक सक्रिय बन्ने गरेको उनले थप बताएका छन्। राजनीतिमा जनताको भलाई वा जनहितको निम्ति विपक्षी पार्टीले प्रमुख भूमिका निर्वाह गर्नुपर्ने तर यहाँ प्रजातन्त्रको फल खाएर बोट नै मास्नुपर्छ भन्ने एक मात्र ध्येय लिएर सिक्किमका विपक्षी दलहरू लागिपरेको प्रचार-प्रसार सचिव लेप्चाले विचार पोखेका छन्। जनताको बहुमत पाएर एसकेएम पार्टी अध्यक्ष एवं वर्तमान मुख्यमन्त्री पीएस गोले मुख्यमन्त्रीको कुर्सीमा आसिन भएको स्मरण गराउँदै प्रजातन्त्रमा जनमत नै सर्वोपरि हुने एसकेएम पार्टीले स्पष्ट पारेको छ। तथापि, सिक्किमको विपक्षी दलका नेता भनौदाहरूमा सत्तारूढ़ सरकारलाई तथानाम गाली गर्ने, आफ्नो रिसको पोको खोल्ने, सरकारलाई तल्लो तहमा गिराउने अनि सोझै मूख छाड्ने आदत नै बसिसकेको उनले दावी गरेका छन्। राजनीतिमा शिष्टाचारको ठूलो महत्त्व रहने गर्दछ। तर सरकार प्रमुखलाई मुखमा जे आयो त्यही भन्दा आफूलाई ठूला नेता ठान्ने तथाकथित मानसिकताले गाँजेका विपक्षीका एकाध नेताहरू जनताले पत्तो नदिँदा भित्रभित्रै कुड़िन थालेको उनले थप दावी गरेका छन्।

विपक्षीको गैरजिम्मेवार भाषण र बयानबाजीले सिक्किमेको शान्ति, सुरक्षा, विकास र स्थिरता कसैले खोस्न नपाओस् भन्ने उनले विचार पोखेका छन्। विपक्षी पार्टीको कथनी र करनीको कारणले सिक्किमे जनतामाथि भविष्यमा कुनै प्रकारको अन्याय, अत्याचार, शोषण दमन नहोस् भन्ने एसकेएम पार्टीले सुझाउ दिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement