पूर्व पञ्चायत, जिल्ला पञ्चायतहरूलाई सम्मान जनाइयो

IMG-20230513-WA0000.jpg

गान्तोक: जनप्रतिनिधि निर्वाचित भएर पाँच वर्ष सेवा पुऱ्याइसकेका नाम्ची जिल्लाका पूर्व जिल्ला पञ्चायत अध्यक्ष, उपाध्यक्ष लगायत सदस्यहरूलाई आज नाम्ची जिल्ला प्रशासनिक केन्द्रमा सम्मान कार्यक्रममाझ बिदाई दिइयो। जिल्ला अध्यक्ष सुश्री अञ्जिता राजालिम अनि उपाध्यक्ष विकास तामाङको अगुवाईमा आयोजित कार्यक्रममा पूर्व जिल्ला अध्यक्ष छिरिङ डेम भोटिया, उपाध्यक्ष भीम लाखे लगायत मोठ २५ जना पूर्व जिल्ला पञ्चायतहरूलाई अंग वस्त्रसँगै प्रशस्ति पत्रद्वारा सम्मान जनाइयो। उनीहरूले २०१७-देखि २०२२-सम्म नाम्ची जिल्ला पञ्चायतमा सेवा पुऱ्याएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै नाम्ची जिल्ला पञ्चायत अध्यक्ष सुश्री अञ्जिता राजालिमले सम्पूर्ण पूर्व जिल्ला पञ्चायतहरूलाई आफ्नो सेवाकाल अवधि समर्पित बनेर जनसेवा गरिदिएकोमा धन्यवाद दिइन्। क्षेत्रवासीको हितमा कार्य गर्न पूर्व पञ्चायतहरूको मार्गनिर्देशनको आफूहरूले सधैं अपेक्षा गर्ने उनले विचार पोखिन्।

यस क्रममा पूर्व जिल्ला पञ्चायतहरूले आ-आफ्नो अनुभव साझा गर्दै जनहितमा कार्य गर्न सहयोगको निम्ति आफूहरू सधैं तत्पर रहने विचार पोखे। पाँच वर्ष जनताको सेवक बनेपछि यस प्रकारको भव्य अनि सभ्य बिदाई एवं सम्मान कार्यक्रम यसअघि नभएको उनीहरूले स्मरण गराए। आजको कार्यक्रममा जिल्ला अध्यक्ष सुश्री राजालिमसँगै उपाध्यक्ष अनि 30 वटै जिल्ला टेरिटोरियल समष्टिका सदस्यहरूको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement