गान्तोक: राज्यको विभिन्न जिल्लामा आज मकड्रील आयोजना गरियो। विशेष गरेर प्रकृतिक प्रकोपको समयमा हुने दुर्घटना तयारी र यसबारेमा आम मानिसहरूलाई सचेत गराउने उद्देश्यले मकड्रील आयोजना गरिएको हो। सिक्किम एक हिमाली राज्य भएको कारण यहाँ भूकम्प, पैह्रौ जस्ता आपद आइपर्ने गर्दछ।

आपद विपदको समयमा मानिसहरूलाई कसरी ज्यान बचाउन र बाँच्ने उपायबारे अवगत साथै सचेत गराउने उद्देश्यले प्रत्येक वर्ष राज्यको विभिन्न स्थानमा मकड्रील आयोजना गर्दै आइरहेको छ। यसै क्रममा आज मंगन, गेजिङ, सोरेङ,गान्तोक,पाकिम र नाम्ची जिल्ला मकड्रील आयोजना गरियो। यसरी नै कतिपय स्कूल, बजारहरूमा पनि मकड्रील आयोजना गरेर मानिसहरूलाई सचेत गराउने कार्य सम्पन्न भयो।

राज्य आपदा प्रबन्धन प्राधिकरण र राष्ट्रीय आपदा प्रबन्धन प्राधिकरणको संयुक्त पहलमा आयोजित यस कार्यक्रममा विद्यार्थी साथै आम मानिसहरूलाई पनि समावेश गराइएको थियो।