खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको आयोजनामा अन्तर्राष्ट्रीय नर्स दिवस पालन गरिएको छ। तीनधारे महानदी समष्टि अन्तर्गत पर्ने दुईवटा अस्पतालहरूमा कार्यरत् नर्सहरू र स्वस्थ्यकर्मीहरूलाई पनि सम्मान जनाइएको छ। यस अवसरमा प्रथममा घैयाबारीमा अवस्थित अस्पतालमा कार्यरत् नर्सहरूलाई तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सभापति राजीव थापा अनि उप सभापति धिरेन प्रधान लगायत अन्यहरू उपस्थित भएर सम्मान जनाइएको छ। यस अवसरमा नर्सहरूलाई मिठाई वितरण गरिएको थियो भने खदार्पण गरी सम्मान जनाइएको र अन्तर्राष्ट्रीय नर्स दिवसको उपलक्ष्यमा बधाई तथा शुभकामना व्यक्त गरिएको जानकारी प्राप्त भएको छ।

त्यसरी नै तीनधारेमा रहेको रेलवे अस्पतालमा पनि पुगेर यहाँ कार्यरत् नर्सहरूलाई सम्मान जनाइएको छ भने कार्यरत् नर्सहरूको अवस्था विषयमा जानकारी लिइएको जानकारी प्राप्त भएको छ। अन्तर्राष्ट्रीय नर्स दिवसको उपलक्ष्यमा दुईवटै अस्पतालहरूमा कार्यरत् नारीहरू र स्वास्थ्य कर्मीहरूलाई गरिएको सम्मानको लागि तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री लगायत भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टीप्रति आभार प्रकट गरिएको छ। यसरी अस्पतालमा नै आएर यसरी सम्मान जनाइएकोमा खुशी व्यक्त गर्दै यसरी सम्मान पाउँदा आफुहरूलाई हौसला प्राप्त हुने र कार्य गर्न प्रेरणा मिल्ने बताएका छन्।









