खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारेको दुई नम्बर बस्तीमा ३० परिवारहरू भारतीय जनता पार्टीमा सामेल भएका छन्। दुई नम्बर बस्तीको कुन्दन सार्कीसहित उनकै अगुवाईमा जम्मा ३० परिवारहरू भारतीय जनता पार्टीमा सामेल भएको जानकारी प्राप्त भएको छ। भारतीय जनता पार्टीमा सामेल हुनेहरू सबैलाई जिल्ला सचिव सोनाम लामा लगायत अन्यहरू पदाधिकारीहरूका बाहुलीबाट पार्टीको झण्डाहरू प्रदान गरी पार्टीमा स्वागत गरिएको छ। यसको साथै उक्त दुई नम्बर बस्तीमा भारतीय जनता पार्टीको बुथ कमिटी पनि गठन गरिएको छ। उक्त बुथ स्तरीय कमिटीमा सभापतिको रूपमा कुन्दन सार्कीलाई चयन गरिएको जानकारी प्राप्त भएको छ। उक्त कार्यक्रममा भारतीय जनता पार्टीको जिल्ला सचिव सोनाम लामा, जिल्ला ओबीसी मोर्चाको सभापति मदन जोगी, जिल्ला प्रचार प्रसार सचिव चन्दन प्रसाद, जिल्ला युवा सभापति राकेस सिंह, खरसाङ युवा सभापति निरपराज रणपहेंली, तीनधारे महानदी समष्टिको सभापति उमेश प्रधान उपस्थित रहेका थिए।









