सिलगढी: सिलगढीको सुभाषपल्ली बजारको एउटा कुनामा धेरै समयसम्म एउटा क्यान (तरल पदार्थ बोक्ने भाडा)लावारिस अवस्थामा रहेको देखेपछि मानिसहरू आतङ्कित बनेका छन्। आज सुभाषपल्ली बजारको एउटा कुनामा क्यान लावारिस अवस्थामा राखिएको भेटियो।यसपछि इलाकामा आतंकको माहोल श्रृजना भयो। घटनाको खबर पाएर पार्षद मौसमी हाजरा पनि घटनास्थलमा पुगिन्। यसबारे पुलिसलाई खबर दिएपछि पुलिस घटनास्थलमा पुगेर जाँच शुरू गरे। प्राथमिक जाँच अवधि पुलिसले उक्त क्यानभित्र विषालु केमिकल हुनसक्ने अनुमान लगाए। पुलिसले उक्त क्यान उद्धार गरेर थानामा लगेको छ। यस्तो विषालु केमिकल बजारमा कसरी आयो भन्ने प्रश्न गर्दै पार्षद मौसमी बजारको सुरक्षालाई लिएर चिन्ता व्यक्त गरिन्।









