अखिल गोर्खा खस कामी, दमाई, सार्की एकता मञ्चद्वारा उत्तरकन्यामा ज्ञापन

e24aea5b-3fdb-4a8d-b698-fa1226f817f3

कालचिनीः बिहीबार सिलगढ़ीस्थित उत्तरकन्यामा “अखिल भारत गोर्खा खस कामी, दमाई, सार्की एकता मञ्च, केन्द्रीय कमिटीको पक्षबाट डुवर्सको सातवटा खण्ड शाखाका प्रतिनिधि र केन्द्रीय पदाधिकारीहरूले भारतमा नेपाली भाषी गोर्खाको रहल ११ जात गोष्ठीलाई फेरि आदिवासी अर्थात जनजातिको दर्जा दिइने मागमा ज्ञापन सुम्पिएको जानकारी सो संगठनका अध्यक्ष अशोक विश्व लोहारले दिएका छन्।
भारतको केन्द्र सरकार र पश्चिम बंगाल सरकारले सन् १९३१, १९४१ र १९५१ सम्मको गोर्खाको सम्पूर्ण उपजातहरू पहाड़ी आदिवासी आर्थात जनजाति हुन् भन्ने जनगणनाको रिपोर्टलाई हेरेर कामी, दमाई सार्की सहित खोसिएको दर्जालाई फेरि दिइने पहल गर्नुपर्छ भन्ने माग पश्चिम बंगालको मुख्यमन्त्री ममता ब्यानर्जीलाई एन्थ्रोपोलोजीको निम्ति अनुरोध पत्र उत्तरबंगाल विकास परिषत मन्त्री श्रीमती सविना यासमीन मार्फत् दिइने काम गरीएको अशोक विश्व लोहारले बताए। साथै बंगाल सरकारले यो जातिप्रति गलत सोंच राखेर भूल गरेको छ त्यसको संशोधन गरिनुपर्छ भन्ने पनि माग राखिएको बताईएको छ। सो टोलीमा संगठनका केन्द्रीय कार्यकारी अध्यक्ष अशोक विश्व लोहार, सचिव आनन्द ठटालसहित विष्णु सार्की, दिनेश कामी, विक्रम विश्वकर्मा, सुरज विश्वकर्मा, रोशन ठटाल, प्रहलाद विश्वकर्मा, प्रेम सुनार आदि उपस्थित रहका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement