उत्तर लोथाबारी ग्रामीण अस्पतालमा नर्स दिवस पालन

27546797-c639-48bc-9326-ad1be8bd6dc3

कालचिनीः शुक्रबार विश्व नर्स दिवसको उपलक्ष्यमा कालचिनी खण्डको उत्तर लोथाबारी ग्रामीण अस्पतालमा अस्पतालका नर्स औ स्वास्थ्य कर्मीहरूले नर्स दिवस पालन गर्दै एकअर्कामा शुभकामना आदान प्रदान गऱ्यो। यसै अवसरमा अस्पतालका रोगीहरूलाई फलफूल र मिठाई वितरण पनि गरिएको थियो।
सोही क्रममा नै तृणमूल युवा कंग्रेसको पक्षबाट पनि अस्पतालमा पुगेर स्वास्थ्य चिकित्सक अनि नर्सहरूलाई बधाई दिएको थियो। तृणमूल युवा कंग्रेसको कालचिनी ब्लक सभापति पवन योल्मो र तिनको टीमले सबैलाई मिठाई र फूलको गुच्छा दिएर भविष्यमा अझ राम्रो काम गर्ने शुभकामना प्रदान गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement