जयसवाल र रिंकूलाई झट्टै भारतीय टीममा सामेल गर्ने शास्त्री र भज्जीको माग

IMG-20230512-WA0281.jpg

१२ मईः भारतीय क्रिकेट टीमका पूर्व प्रशिक्षक रवि शास्त्रीको साथमा पूर्व क्रिकेटर हरभजन सिंहले इण्डियन प्रीमियर लीग (आईपीएल) मा असाधारण प्रदर्शन गरिरहेका यशस्वी जयसवाल र रिंकू सिंहलाई ढिलो नगरी भारतको टी२० टीममा स्थान दिने माग गरे। यी दुई दिग्गजले बताएअनुसार, जयसवाल र रिंकूलाई भारतीय टीममा सामेल गर्ने समय आएको छ अनि यस कार्यमा विलम्ब गर्नु एकदमै तर्कसंगत हुनेछैन। शास्त्रीले भने, भारतीय टीमले वनडे वर्ल्ड कपमा फोकस गरिरहेको छ भने चयनकर्ताहरूले यशस्वी र रिंकू जस्ता युवाहरूलाई धेरभन्दा धेर मौका दिनुमा ध्यान दिनु पर्नेछ। यी खेलाड़ीहरूलाई फास्ट ट्र्याक गरिनु पर्नेछ अनि आउँदो साल वेष्ट इण्डिजमा हुने टी२० वर्ल्ड कपसम्म उनीहरूलाई तयार गर्न सकिनेछ। चयनकर्ताहरूले उनीहरूलाई अहिले पनि चयन नगरे ठूलो गल्ती हुनेछ। मुम्बईका यशस्वीले आईपीएलमा राजस्थान रोयल्सबाट खेल्दै असाधारण प्रदर्शन गरिरहेका छन्। उनले कलकत्ता नाइट राइडर्स विरुद्ध बिहीवार केवल १३ बलमा अर्द्धशतक बनाए, जुन आईपीएल इतिहासको दोस्रो सबैभन्दा तेज अर्द्धशतक हो।
यसरी पूर्व अफ् स्पिनर हरभजनले बताएअनुसार, यशस्वीले असाधारण प्रदर्शन गर्दै चयनकर्ताहरूलाई उनको प्रतिभामा ध्यान दिन अनि चाँड़ै राष्ट्रिय टीममा बोलाउन वाध्य गरिरहेका छन्। उनले भने, यशस्वीले भारतीय क्रिकेट टीममा प्रवेश गर्ने दैलो ढकढकाइरहेका छन्। उनमा असाधारण प्रतिभा छ। उनलाई देख्दा भारतीय क्रिकेटको भविष्य असल हातमा रहेको छ जस्तो लाग्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement