मरियामपुरमा फूड पोइजनिङले एक महिलाको मृत्यु

d38b5ad9-eab7-47d0-846c-8b1fcd90620c

ग्वालपाराः जिल्लाको धुपधाराको मरियामपुरमा फूड पोइजनिङले एक महिलाको मृत्यु भएको छ। महिलाको उपचार ग्वालपारा जिल्ला सदर अस्पतालमा चलिरहेको थियो। शुक्रवार बिहान उसको मृत्यु भयो।

उल्लेख्य, दुई दिनअघि फूड पोइजनिङको कारण पुरूष, महिला र नानीहरू सहित दुई सयभन्दा धेरै जना गम्भीर रूपमा बिरामी परेपछि विभिन्न अस्पतालहरूमा भर्ती गराइएको थियो। वर्तमानमा १४१ जनाको उपचार चलिरहेछ। धूपधारा मोडल अस्पतालमा ७४ को उपचार चलिरहेछ। २७ जनाको रंगजुली अस्पतालमा, १३ को दुधनोई अस्पतालमा र १३ जनाको ग्वालपारा सिविल अस्पतालमा उपचार चलिरहेछ। यसबीच आईसीयूमा रहेका तीन जनाको स्थिति गम्भीर बनेको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement