गान्तोक: केन्द्रीय शिक्षा राज्यमन्त्री डा. सुभाष सरकार १३-१५ मई, २०२३ सम्म सिक्किमको तीनदिने भ्रमणको लागि भोलि गान्तोक आइपुग्ने कार्यक्रम रहेको छ। आफ्नो बसाइँको क्रममा डा. सरकारले गान्तोक र पाकिममा सांसद/विधायकहरू र सिक्किम सरकारका जिल्ला अधिकारीहरूसँग केन्द्र सरकारका सबै योजनाहरूको समीक्षा बैठकको अध्यक्षता गर्नेछन्। समीक्षा बैठकपछि केन्द्र सरकारका विभिन्न योजनाका लाभार्थीहरूसँग अन्तरक्रिया गरिनेछ। उनले सिक्किमका राज्यपाल र मुख्यमन्त्रीसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ। डा. सुभाष सरकार १५ मई, २०२३ को दिन यहॉंबाट सिलगढ़ी प्रस्थान गर्नेछन् र त्यहॉंको रेल अङ्गिसर्स क्लबमा १६ मई, २०२३ मा रोजगार मेलामा सहभागी हुनेछन्। रोजगार मेलाको अवसरमा भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीले भिडियो सम्मेलनमार्ङ्गत नियुक्ति पत्र बॉंड्ने भएका छन्। (पीआईबी)









