काठमाण्डौँः नेपालको गण्डकी प्रदेशमा ४ नयाँ मन्त्रीहरू थपिएका छन्। थपिएका मन्त्रीहरुमा ३ नेपाली काँग्रेसबाट र एक नेकपा माओवादी केन्द्रबाट छन्। मन्त्रीहरूलाई आज शुक्रवार नै शपथ गराइएको छ। अब गण्डकी प्रदेशमा मुख्यमन्त्री सहित ७ सदस्यीय मन्त्रिमण्डल बनेको छ।
गण्डकी प्रदेशमा नेपाली काँग्रेसका सुरेन्द्र पाण्डे २७ अप्रिलमा मुख्यमन्त्री नियुक्त भएका थिए। उनी काँग्रेस सभापति शेरबहादुर देउवा निकट हुन्।गण्डकी प्रदेशमा काँग्रेस र नेकपा माओवादी केन्द्रबीच आलोपालो मुख्यमन्त्री चलाउने सहमति भएको छ। यस्तै सहमति अन्य प्रदेशहरुमा पनि छ। नेपालको केन्द्र सरकारमा गठबन्धन बनाएकै दलहरूले प्रदेशहरूमा पनि धमाधम नयाँ सरकार गठन गर्ने क्रम चलिरहेको छ। अब ७ प्रदेशमध्ये कोशी प्रदेशमा मात्र गठबन्धनबाहेकको दलहरुको सरकार छ।
-हिस









