सीबीएसई कक्षा बाह्रौंको परिणाम घोषित, ८७.३३ प्रतिशत उत्तीर्ण

d38b5ad9-eab7-47d0-846c-8b1fcd90620c

नयाँ दिल्लीः केन्द्रिय माध्यमिक शिक्षा बोर्ड (सीबीएसई)-ले शुक्रवार कक्षा बाह्रौंको परीक्षाफल घोषणा गरेको छ। यस वर्ष ८७.३३ प्रतिशत विद्यार्थीहरू उत्तीर्ण भएका छन्। सीबीएसईद्वारा जारी आँकड़ा अनुसार यस वर्ष बाह्रौं कक्षाको उत्तीर्ण प्रतिशत ८७.३३ छ जुन गत वर्षको प्रदर्शनभन्दा (-५.३८) कम हो। तथापि यो कोरोना अवधि वर्ष २०१९- को उत्तीर्ण प्रतिशत ८३.४० भन्दा श्रेष्ठ छ। वर्ष २०२०- मा ८८.७८ प्रतिशत र वर्ष २०१९- मा ८३.४० प्रतिशतको तुलनामा वर्ष २०२२- मा कुल उत्तीर्ण प्रतिशत ९२.७१ प्रतिशत थियो।

यस वर्ष छात्रहरूको तुलनामा छात्राहरूले ६.०१ प्रतिशत उत्कृष्ट प्रदर्शन गरेका छन्। यस वर्ष 90.68 प्रतिशत छात्राहरूले परीक्षा उत्तीर्ण गरेका छन् भने छात्रहरू उत्तीर्ण प्रतिशत ८४.६७ छ। परीक्षाको लागि पञ्जीकृत १६,८०२५६ विद्यार्थीहरूमध्ये १६६०५११ विद्यार्थी मात्र उपस्थित भए। यीमध्ये १४५०१७४ उत्तीर्ण भएका छन्। यस वर्ष पनि त्रिवेन्द्रम ९९.९१ प्रतिशतको अंक सहित सर्वोत्कृष्ट रीजनमा उदाएको छ भने बेंगलुरू ९८.६४ प्रतिशत अनि चेन्नई ९७.४० प्रतिशतमा छ। दिल्ली बेस्ट ९३.२४ प्रतिशतको साथमा चौथो स्थानमा छ भने चण्डीगढ़ ९१.८४ प्रतिशतको साथमा पाँचौं स्थानमा।

पछिल्ला वर्षहरू सरह यसपालि पनि सीबीएसईले मेरिट लिस्ट घोषणा गर्नेछैन। तथापि प्रत्येक विषयमा सर्वोच्च अंक हासिल गर्ने ०.१ प्रतिशत विद्यार्थीहरूलाई मेरिट सर्टिफिकेट प्रदान गर्नेछ। लगभग १,१२,८३८ विद्यार्थीहरूले ९० प्रतिशतभन्दा अधिक अंक प्राप्त गरेका छन् भने यीमध्ये २२,६२२- ले ९५ प्रतिशतभन्दा अधिक आंक प्राप्त गरेका छन्। कम्पार्टमेन्टमा राखिएका उम्मेद्वारहरूको संख्या १,२५,७०५ छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement