बेलघरिया एक्सप्रेसवेमा मादक उद्धार गरिएको जाँचमा छक्क पार्ने खुलासा

IMG-20230410-WA0169.jpg

कोलकताः बेलघरिया एक्सप्रेसवेमा दुई करोड़को हेरोइन उद्धारको जाँचमा छक्क पार्ने खुलासा भएको छ। एसटीएफका एसपी इन्द्रजीत बसुले शुक्रवार उक्त जानकारी दिएका छन्। उनले भने, १० मईमा बंगाल एसटीएफले पाँच तस्करलाई अढाई किलो हेरोइन र दुई कारका साथ पक्राउ गरेको थियो। यसको मूल्य लगभग दुई करोड़ रूपियाँ छ। त्यस मामिलाको जाँचमा एसटीएफलाई सनसनीपूर्ण जानकारी हात लागेको छ। पक्रा पर्नेहरूमा न्यूटाउन निवासी अजय पाल मुख्य तस्कर थियो, जसले पहिलेदेखि नै ड्रग्सको कारोबार फैलाएको थियो।

अजयसित वर्तमानमा न्यूटाउनमा एक लग्जरी फ्ल्याट बाहेक बेरकपुरमा एक लग्जरी स्पा छ। उसको नाममा दीघामा एउटा होटल भेटियो। बारासातमा उसको ट्रान्सपोर्टको कारोबार छ, जसमा धेरै लग्जरी बसहरू चल्छन्। यी सबैको आधार नशाको धन्धाबाट प्राप्त पैसा हो। यस बाहेक अजय पाल सुनको बिस्किटको तस्करीको लाभदायक धन्धामा सामेल थियो। पक्रा परेका पाँचै अपराधीलाई पुलिस हिरासतमा लिएर सोधपुछ जारी राखिएको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement