जलपाइगढी: जलपाइगढी जिल्ला बीडी मजदूर सङ्घ जिल्ला समितिले १० बुँदे मागहरू बारे जिल्ला श्रम अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ। सङ्गठनको आरोप छ कि जलपाइगढी जिल्लामा करिब २०,००० बिडी मजदुर काम गर्छन्। तर यी विडी मजदुरले सरकारले तोकेको पारिश्रमिक नपाउँदा सबै सामाजिक सुरक्षा योजनाबाट वञ्चित छन्। वाम मोर्चाको सरकारमा विडी मजदुरलाई उपचार, घर निर्माण, बिजुली, छोरा छोरीको पढाइ खर्च जस्ता सबै सुविधा सहजै उपलब्ध हुन्थ्यो। बिडीबाट राज्य र केन्द्र सरकारले ४ हजार करोडभन्दा बढी जीएसटी सङ्कलन गरेको मजदुरको आरोप छ। तर उनको न्युनतम रकम विडी मजदुरमा खर्च हुन सकेको छैन। जसका कारण जिल्लाका विडी मजदुरहरू ठूलो सङ्कटमा परेका छन्। सुर्तीको गन्धका कारण विडी मजदुर चाँडै बिरामी पर्छन्। जलपाइगढी जिल्लामा उनीहरूले १५० देखि १ सय ७० रुपियाँभन्दा बढी ज्याला पाइरहेका छैनन्। सरकारले तोकेको पारिश्रमिकभन्दा विडी मजदुरले करिब १०० रुपियाँ कम पाइरहेका छन् तर प्रशासन मौन छ। यस वञ्चितताको विरोध गर्दै, जलपाइगढीको कार्यालयमा उप श्रम आयुक्तलाई उचित ज्यालाको माग गर्दै ज्ञापनपत्र बुझाइएको थियो।









