एर्लिंग हालाण्ड र सेम केर सालका सर्वश्रेष्ठ फूटबलर

IMG-20230512-WA0279.jpg

१२ मईः म्यानचेष्टर सिटीको तर्फबाट आफ्नो पदार्पण सालमै असाधारण प्रदर्शन गर्ने नर्वेका फूटबलर एर्लिंग हालाण्डलाई ईंग्ल्याण्डमा सालका सर्वश्रेष्ठ पुरुष फूटबलर चयन गरियो। यसरी महिलाहरूमा सेम केरले लगातार दोस्रो साल यो पुरस्कार जितिन्। यो पुरस्कार फूटबल राइटर्स एसोसिएशनको तर्फबाट प्रदान गरिन्छ। पुरस्कारको निम्ति भएको भोटिंगमा हालाण्डलाई ८२ प्रतिशत मत प्राप्त भयो। पुरस्कारको होड़मा उनले आर्सनलका बुकायो साका र मार्टिन ओडेगार्डलाई धेरै पछि छोड़े। बाईस वर्षीय स्टार स्ट्राईकरले सिटीको तर्फबाट जारी सीजनमा सबै प्रतियोगिताहरू मिलाएर अहिलेसम्म ५१ गोल गरिसकेका छन्। उनले प्रीमियर लीगको एउटा सत्रमा सिटीको तर्फबाट सर्वाधिक गोलको रेकर्ड बनाइसकेका छन्। प्रीमियर लीगको जारी सीजनमा हालाण्डले अहिलेसम्म ३५ गोल गरिसकेका छन्। महिला वर्गमा पुरस्कारको होड़मा केरले एस्टन भिलाकी फरवर्ड रेचेल डेली र चेल्सीकी साथी खेलाड़ी लरेन जेम्सलाई पछि छोड़िन्। अष्ट्रेलियाकी यस खेलाड़ीले चेल्सीको तर्फबाट जारी सीजनमा अहिलेसम्म ३४ वटा म्याचमा २६ गोल गरिसकेकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement