न्यायाधीशले कोर्टमा कोइला तस्करीका आरोपितलाई पक्राउ गराए

IMG-20230410-WA0169.jpg

कोलकताः पश्चिम बंगालको बहुचर्चित कोइला तस्करी मामिलाका मुख्य सूत्रधार विनय मिश्राका भाई विकास मिश्रालाई एकपल्ट फेरि शुक्रवार पक्राउ गरिएको छ। आरोपित आसनसोलको विशेष सीबीआई कोर्टमा पेशीको निम्ति आएका थिए। त्यहीबाट न्यायाधीश राजेश चक्रवर्तीले उसलाई सीबीआईलाई पक्राउ गर्ने आदेश दिए। आरोपित चार दिनको हिरासतमा रहनेछ। मंगलवार मामिलाको आगामी सुनवाई हुनेछ। विकासलाई केन्द्रिय एजेन्सीले पहिले पनि पक्राउ गरेको थियो, तर कोर्टले उसलाई जमानत दिएको थियो। पछि सुप्रीम कोर्टमा केन्द्रिय एजेन्सीले याचिका लगाएर विकास यस मामिलाको मुख्य कड़ी हो र उसलाई हिरासतमा राख्ने आवश्यकता छ भनी दाबी गरेको थियो। लगभग एक महिनाअघि सुप्रीम कोर्टले उसलाई चार दिनको सीबीआई हिरासतमा राख्ने आदेश दिएको थियो, तर उनले लगातार आसनसोलको विशेष सीबीआई कोर्टमा याचिका लगाएर ढिलाई गरिरहेका थिए।

शुक्रवार एकपल्ट फेरि आरोपित पेशीको निम्ति आए अनि आफ्नो अधिवक्ताको माध्यमले यस मामिलामा सुप्रीम कोर्टमा याचिका लगाउने तयारी गरिरहेको बताए। यसपछि न्यायाधीशले भने, सुप्रीम कोर्टले पहिले जुन आदेश दिएको छ, पहिले त्यसको पालन गर्नु मेरो कर्तव्य हो। म केही पनि सुन्न चाहन्न। त्यहाँ सीबीआईका अधिकारी उमेश कुमार उपस्थित थिए। न्यायाधीशले उनलाई सोधे, के उनी विकासलाई पक्राउ गर्न तयार छन्, जसपछि उनले आफू एकदमै तयार रहेको बताए। यसपछि न्यायाधीशले उसलाई चार दिनको हिरासतमा लिने, मंगलवार फेरि कोर्टमा पेश गर्न आदेश दिए।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement