महिलाले बाइकमा लगाइन् आगो, सीसीटीभीमा कैद भयो घटना

d38b5ad9-eab7-47d0-846c-8b1fcd90620c

नयाँ दिल्लीः दक्षिण-पूर्वी दिल्लीको जैतपुर थाना क्षेत्रमा एक महिलाद्वारा एउटा बाइकमा आगो लगाउँदै गरेको भीडियो भाइरल भइरहेछ। भीडियोमा एक महिलालाई पहिले बाइकबाट पेट्रोल निकाल्दै गरेको र यसपछि त्यस बाइकमा छर्केर आगो लगाउँदै गरेको देखिएको छ। मानिसहरूले महिलालाई समाएर पुलिसलाई सुम्पेका छन्। पुलिसका एक वरिष्ठ अधिकारीले जानकारी गराएका छन्, घटना हिजो रातिको हो, गल्लीमा राखिएको मोटरसाइकल नजिक महिला आइन्। उनी केही बेर बसिन् र फेरि उसले मोटर साइकलबाट पेट्रोल निकालेर मोटरसाइकलमा छर्केर आगो लगाइन्। यद्यपि, महिलाले किन मोटरसाइकलमा आगो लगाइन् ? अहिलेसम्म स्थिति स्पष्ट हुन सकेको छैन। पुलिस मामिलाको जाँचमा जुटेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement