सुदर्शन न्यूज र सोशल मीडिया प्लेटफार्मलाई बलपूर्वक धर्मान्तरणको आरोप लगाउने खबरहरू हटाउने आदेश

d38b5ad9-eab7-47d0-846c-8b1fcd90620c

नयाँ दिल्लीः दिल्ली हाईकोर्टका जस्टिस प्रतिभा सिंहको बेञ्चले सुदर्शन न्यूज र सोशल मीडिया प्लेटफार्म्सलाई बलपूर्वक धर्मान्तरणको आरोप लगाउने खबरहरूलाई हटाउने आदेश दिएको छ। कोर्टले दिल्ली पुलिस, यूट्यूब, गुगल, ट्विटर, सुदर्शन टीवी, ओडिशा टीवी, भारत प्रकाशन र सुरेश चव्हाणकेलाई नोटिस पनि जारी गरेको छ। याचिका अजमत अली खानले दर्ता गरेका छन्। याचिकामा १९ अप्रेलमा उनी विरूद्ध एक महिलाको तर्फबाट बलपूर्वक धर्मान्तरणको शिकायतलाई लिएर दर्ता एफआईआरसित सम्बन्धित खबरहरू हटाउने निर्देश दिने माग गरिएको छ।

याचिकामा भनिएको छ, यस मामिलामा दिल्ली पुलिसले अहिले जाँच गरिरहेछ र यस सम्बन्धमा सुदर्शन न्यूज र अन्य सोशल मीडिया प्लेटफार्ममा खबरहरू चलाएर जाँचलाई प्रभावित गर्ने प्रयास भइऱहेछ। सुनवाईमा गूगलले भन्यो, यस मामिलामा एफआईआर दर्ता गरिएको छ। यस्तोमा भीडियो अपलोड गर्नेको पनि पक्ष सुनिनु पर्छ। सुनवाईमा न्यूज ब्रडकास्टर एसोसिएशनले भन्यो, जुन च्यानललाई प्रतिवादी बनाइएको छ, त्यो उसको संगठको सदस्य होइन। प्रेस काउन्सिलको तर्फबाट भनियो, काउन्सिलले शिकायकर्ताको शिकायतमा विचार गर्नेछ। प्रेस काउन्सिलले केवल छापेका खबरहरूमा विचार गर्दछ, वेबसाइटमा अपलोड भएका सामग्रीमा होइन। त्यसपछि कोर्टले दिल्ली पुलिस, यूट्यूब, गूगल, ट्विटर, सुदर्शन टीवी, ओडिशा टीवी, भारत प्रकाशन र सुरेश चव्हाणकेलाई नोटिस जारी गऱ्यो।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement