आबकारी घोटालाको सीबीआई मामिलामा मनीष सिसोदियाको न्यायिक हिरासत २जूनसम्म बढ्यो

d38b5ad9-eab7-47d0-846c-8b1fcd90620c

नयाँ दिल्लीः दिल्लीको ऱाउज एवेन्यू कोर्टले दिल्ली आबकारी घोटालाको सीबीआईसित जुड़ेको मामिलामा दिल्लीका पूर्व उप मुख्यमन्त्री मनीष सिसोदियाको न्यायिक हिरासत २ जूनसम्म बढ़ाएको छ। कोर्टले सीबीआईको तर्फबाट दर्ता चार्जशीटमा संज्ञान लिने मामिलामा सुनवाईको मिति पनि २ जून तय गऱ्यो।

आज मनीष सिसोदियाको यस मामिलामा न्यायिक हिरासत समाप्त भइऱहेको थियो, जसपछि उनलाई कोर्टमा पेश गरियो। सीबीआईले २५ अप्रेलमा यस मामिलामा दिल्लीमा पूरक चार्जशीट दर्ता गरेको थियो। सीबीआईले यस मामिलामा सिसोदियालाई पनि आरोपित बनाएको छ। पूरक चार्जशीटमा सिसोदिया बाहेक बुची बाबू, अर्जुन पाण्डेय र अमनदीप ढललाई पनि आरोपित बनाइएको छ। बुची बाबू तेल्गानाका मुख्यमन्त्री केसी रावकी छोकी के. कविताका सीए रहिसकेका छन्। सिसोदियालाई सीबीआईले 26 फरवरीमा पक्राउ गरेको थियो।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement