भेदभावरहित योजना बनाउनु र लाभ पुऱ्याउनु नै साँचो धर्मनिरपेक्षता हो: प्रधानमन्त्री मोदी

zdkntnwothwdgioe-sixteen_nine.jpg

गान्धीनगर/नयाँ दिल्लीः प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक न्यायको सिलसिलामा भने, हाम्रो सरकारले योजना बनाउँदा वा लाभ पुऱ्याउँदा धर्म, जाति केही पनि हेर्दैन। वास्तवमा साँचो धर्मनिरपेक्षता यही हो। भाजपाको लागि देशको विकास दृढ़ विश्वास र प्रतिबद्धता हो। प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातको गान्धीनगरमा लगभग ४,४०० करोड़ रुपियाँका विभिन्न परियोजनाहरूको उद्घाटन र शिलान्यास गरेपछि जनसभालाई सम्बोधन गरिरहेका थिए। यसमा शहरी विकास विभाग, जल आपूर्ति विभाग, सड़क एवं परिवहन विभाग र खान एवं खनिज विभागका २४५० करोड़ रुपियाँभन्दा अधिकका विकास परियोजनाहरू सामेल छन्। प्रधानमन्त्रीले लगभग १९५० करोड़ रुपियाँको पीएमएवाई (ग्रामीण औ शहरी) परियोजनाहरूको उद्घाटन अनि शिलान्यास पनि गरे। कार्यक्रम अवधि योजनाका लाभार्थीहरूलाई चाबी सुम्पिएर योजना अन्तर्गत निर्मित लगभग १९,००० घरहरूमा गृह प्रवेश पनि गराइयो। उनले भीडियो लिंकको माध्यमबाट लाभार्थीहरूसित बातचित पनि गरे।

प्रधानमन्त्री मोदीले आफ्नो सम्बोधनमा भने, आज हाम्रो सरकारले हरेक अभावलाई पूरा गर्दै, हरेक गरीबसम्म स्वयं पुग्ने काम गरिरहेको छ। लाभार्थीहरूसम्म पुग्नको लागि हाम्रो सरकारले न त जाति हेर्छ नत धर्म नै। किनभने मलाई लाग्छ, जहाँ कुनै भेदभाव हुँदैन त्यै नै साँचो धर्मनिरपेक्षता हो। उनले भने, गुजरातमा भाजपाको सरकार गठन भएको केही महिना पनि बितेको छैन, तर विकासले जुन गति समातेको छ त्यसलाई हेरेर आनन्द लागिरहेको छ, एउटा सुखदायी अनुभूति भइरहेको छ। पुराना असफल नीतिहरू अँगालेर अघि बढ़्दा नत देशको भाग्य बदलिनसक्छ न त देश सफल नै हुनसक्छ। पछिल्लो सरकार र आजको सरकारको दृष्टिकोणमा ठूलो अन्तर छ। हामी वास्तवमै गरीबहरूको कल्याणको लागि प्रतिबद्ध छौं। पीएम-आवास योजनाले आवास क्षेत्रमा परिवर्तन ल्याएको छ विशेष गरीब र मध्यम वर्गलाई फाइदा पुगेको बताउँदै उनले भने, वर्ष २०१४ पछि हामीले गरीबहरूको घरलाई पक्की छतसम्म मात्र सीमित राखेनौं जबकि हामीले घरलाई गरीबीसित संघर्षको एउटा ठोस आधार बनायौं। ‘पीएम आवास योजना’-ले गरीबसँगसँगै महिला सशक्तिकरणलाई पनि ठूलो शक्ति दिरहेको छ। उनले भने, पहिला रियल एस्टेट सेक्टरमा मनमानी चल्थ्यो, धोकाधड़ीको सिकायत सुनिन्थ्यो। मध्यमवर्गीय परिवारहरूलाई सुरक्षा दिनको लागि कुनै कानून थिएन। हामीले एउटा रेरा कानून बनायौं जसबाट मध्यमवर्गीय परिवारहरूले सुरक्षित महसुस गरेका छन्। भाजपा सरकार देशमा बढ़्दो शहरीकरणको कारणले भविष्यमा आइलाग्ने चुनौतीहरूको सामना गर्नको लागि पूर्णरूपले तयार छ। प्रधानमन्त्रीले अन्तमा भने, गरीब होस् वा मध्यम वर्ग मानिसहरूको जीवनको गुणस्तर त्यसबेला मात्र सम्भव हुन्छ जतिबेला उनीहरूले बस्नको लागि शुद्ध र स्वच्छ वातारण पाउनेछन्। त्यसैलाई सुनिश्चित गर्नको लागि हाम्रो देश एक मिशन मोडमा छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement