बदलिदैँछ भारतको शिक्षा प्रणाली: प्रधानमन्त्री मोदी

zdkntnwothwdgioe-sixteen_nine.jpg

गान्धीनगर/नयाँ दिल्लीः प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवार भने, २१औं शताब्दिको तीव्र गतिको परिवर्तनशील समयमा भारतको शिक्षा प्रणाली बदलिँदैछ। शिक्षक र विद्यार्थीहरू पनि बदलिँदैछन्। यी बदलिँदो परिस्थितिहरूमा हामी कसरी अघि बढ़्नुपर्छ त्यो तय गर्न महत्वपूर्ण भएको छ।

प्रधानमन्त्रीले गुजरातको गान्धीनगरमा आयोजित अखिल भारतीय शिक्षा संघ अधिवेशनलाई सम्बोधन गर्दै उपरोक्त मन्तव्य व्यक्त गरे। उनले भने, आज भारतले २१औं शताब्दिका आधुनिक आवश्यक्ताहरू अनुरूप नयाँ व्यवस्थाहरूको निर्माण गरिरहेको छ। ‘नयाँ राष्ट्रीय शिक्षा नीति’ यसैलाई ध्यानमा राखेर बनाइएको छ। हामीले यतिका वर्षसम्म स्कूलहरूमा पढ़ाईको नाममा आफ्ना नानीहरूलाई किताबी ज्ञान मात्र दिँदै आएका थियौं। ‘नयाँ राष्ट्रीय शिक्षा नीति’-ले त्यो पुरानो अप्रासंगिक व्यवस्थालाई परिवर्तन गरिरहेको छ। राष्ट्रीय शिक्षा नीति व्यवहारिकतामाथि आधारित छ। राष्ट्रीय शिक्षा नीतिले मातृभाषामा शिक्षालाई बढ़ावा दिने दाबी गर्दै प्रधानमन्त्रीले भने, राष्ट्रीय शिक्षा नीतिमा राखिएको एउटा प्रावधानले हाम्रा सुदूरवर्ती गाउँ अनि स-साना शहरहरूका शिक्षकहरूलाई ठूलो सहयोग पुऱ्याउने छ। यो प्रावधान मातृभाषामा शिक्षा हो। आज हामीले समाजमा यस्तो परिवेश सृजना गर्न आवश्यक छ जसमा मानिसहरू शिक्षक बन्नका लागि स्वेच्छाले अघि आओस्। प्रधानमन्त्रीले प्रत्येक स्कूलको जन्मदिन मनाउने सल्लाह दिँदै अघि भने, स्कूल र स्टुडेन्ट्सबीचको डिस्कनेक्टलाई दूर गर्नको लागि यो परम्परा शुरू गर्न सकिन्छ कि स्कूलहरूले जन्मदिन मनाओस्। उनले भने, गुजरातमा छँदा प्राथमिक शिक्षकहरूसित मिलेर राज्यको सम्पूर्ण शिक्षा व्यवस्थालाई परिवर्तन गर्ने अनुभव मसित छ। एक समयमा गुजरातमा ड्रप आउट रेट लगभग ४० प्रतिशत हुन्थ्यो भने आज मात्र 3 प्रतिशत छ। यो गुजरातका शिक्षकहरूको सहयोगबाटै सम्भव भएको हो। गुजरातमा छँदा मैले शिक्षकहरूसित जुन अनुभव हासिल गरेको थिएँ त्यसले मलाई राष्ट्रीय स्तरमा नीतिहरू बनाउनमा पनि धेरै मद्दत गरेको छ। प्रधानमन्त्रीले भारतीय शिक्षकहरूको महत्वलाई रेखांकित गर्दै भने, भुटान राज परिवारका सीनियरहरूले उनलाई बताए कि उनीहरू सबैलाई हिन्दुस्तानका शिक्षकहरूले पढ़ाएका हुन्। यस्तै सऊदी अरबका राजाको बाल्यकालको शिक्षक पनि गुजरात (भारत)-बाटै थिए। उनले यो पनि भने, टेक्नोलजीबाट जानकारी हासिल गर्न सकिन्छ, तर सही दृष्टिकोण होइन। एकजना गुरूले मात्र नानीहरूलाई यो बुझाउन सक्छन् कि कुन जानकारी उपयोगी छ र कुन छैन।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement