नयाँ दिल्लीः भारतीय जनता पार्टी (भाजपा)-ले रक्सी घोटाला मामिलामा छत्तीसगढ़का मुख्यमन्त्री भूपेश बघेलसित राजीनामाको माग गरेको छ। शुक्रवार भाजपा नेता केके शर्माले भूपेश बघेलतिर लक्षित गर्दै भने, कंग्रेस र भ्रष्टाचार एका-अर्काको पर्याय हो। दुई हजार करोड़ रुपियाँको रक्सी घोटाला भएको छ जसको लागि भूपेश बघेलले राजीनामा दिनुपर्छ।
केके शर्मालेले भने, मार्च, २०२३- मा ईडीले ३५ स्थानहरूमा सर्च अपरेशन संचालन गरेको थियो। सर्च अपरेशनमा जुन-जुन तथ्यहरू फेला परेका छन् त्यसले छत्तीसगढ़को रक्सी घोटालालाई उदाङ्गो बनाइदिएको छ। लगभग दुई हजार करोड़ रुपियाँभन्दा अधिकको अनुमानित धनराशिको यसमा घोटाला भएको छ। उनले भने, ईडीको जाँचमा जुन तथ्य अघि आएको छ त्यसबाट स्पष्ट हुन्छ कि यसका मुखिया अनवर ढेबर थिए जसलाई पक्राउ पनि गरिएको छ। अनवर रायपुरको मेयरका दाज्यु हुन् भने मुख्यमन्त्री भूपेश बघेलका नजिकका मानिस।
केके शर्माले यस घोटालामा राज्यका टप ब्यूरोक्रेट्स र राजनेताहरूको पनि साँठगाँठ रहेको आरोप लगाउँदै एउटा प्रश्न उठाए, एउटा सरकारी विभाग नाककै तलबाट घोटालाबाजहरूको कब्जामा परेको छ, तर सरकारलाई यसको जानकारी किन भएन? सारा देशले अपेक्षा गर्दछ कि भूपेश बघेलसँगै राहुल गान्धी जी र सोनिया गान्धी जीले पनि मुख खोलोस्।
-हिस










