नयाँ दिल्लीः उपराष्ट्रपति जगदीप धनखड़ आगामी १४ मईको दिन राजस्थानका पुष्कर, खरनाल एवं मेड़ता शहरको भ्रमण गर्नेछन्। उपराष्ट्रपति सचिवालय अनुसार उपराष्ट्रपतिले आफ्नो भ्रमणावधि पुष्करको पवित्र ब्रह्मा मन्दिर औ श्री जट शिव मन्दिरमा पूजा-अर्चना गर्नेछन्। त्यसपछि उनी प्रख्यात समाज सुधारक वीर तेजाजीको जन्मस्थल खरनाल (नागौर) जानेछन्।
पूर्व केन्द्रिय मन्त्री स्वर्गीय नाथूराम मिर्धाको प्रतिमा अनावरण गर्नका लागि उपराष्ट्रपति मेड़ता सिटी (नागौर) पनि जानेछन्। प्रसिद्ध स्वतन्त्रता सेनानी तथा नागौरका कृषक समुदायका प्रतिष्ठित नेता नाथूराम मिर्धा लोकसभामा छः पटकसम्म सदस्य भएका थिए। वर्ष १९७९-८० र वर्ष १९८९-९० सम्म केन्द्रिय मन्त्रीको रूपमा पनि कार्यभार सम्हालेका मिर्धा राष्ट्रीय कृषि मूल्य आयोगका अध्यक्ष समेत रहेका थिए। उनले चार चोटीसम्म राजस्थान विधानसभाका सदस्य अनि राजस्थान सरकारमा क्याबिनेट मन्त्रीको रूपमा कार्य गरेका थिए।










