प्रधानमन्त्रीले सीबीएसई १२औं कक्षाको परीक्षा उत्तीर्ण गर्नेहरूलाई दिए बधाई

zdkntnwothwdgioe-sixteen_nine.jpg

नयाँ दिल्लीः प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवार केन्द्रिय माध्यमिक शिक्षा बोर्ड (सीबीएसई)-को १२औं कक्षाको परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्ने सबै ‘एग्जाम वारियर्स’-लाई बधाई दिएका छन्। प्रधानमन्त्रीले ट्वीट्सको एक श्रृंखलामा भने- “म ती सबै एग्जाम वारियर्स-लाई बधाई दिन्छु जसले सीबीएसई कक्षा १२औंको परीक्षा सफलतापूर्वक उत्तीर्ण गरेका छन्। मलाई यी युवाहरूमाथि उनीहरूको कठोर मिहेनत र दृढ़ संकल्पको लागि गर्व छ। म यी युवाहरूको सफलतामा उनीहरूको महत्वपूर्ण भूमिकाको लागि उनीहरूका माता-पिता र शिक्षकहरूलाई पनि बधाई दिन्छु।”

उनले अर्को ट्वीटमा भने- “म ती होनहार युवाहरूसित भन्न चाहन्छु जसले यो महसुस गरिरहेका छन् कि उनीहरूले कक्षा बाह्रौंको परीक्षामा अझ राम्रो गर्नसक्थें- तपाईहरूसित आगामी दिनमा अघि बढ़्नको लागि धेरै कुराहरू छन्। परीक्षाहरूको एउटा सेटले तपाईलाई परिभाषित गर्न सक्दैन। आफ्नो प्रतिभालाई उपयोग गर्नुहोस् जुन क्षेत्रमा तपाईहरू भावुक हुनुहुन्छ। तपाईहरू चम्किनुहुनेछ!”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement