कोलकताः मौसम विभागले स्पष्ट गराइसकेको छ कि बङ्गालको खाड़ीमा बनेको चक्रवाती तूफान मोचाको पश्चिम बङ्गालमा धेरै अधिक असर हुने छैन। यसको सबैभन्दा घातक प्रभाव बङ्ग्लादेश र म्यान्मारमा पर्नेछ। तरैपनि पश्चिम बंगालको तटीय क्षेत्र खासगरी दीघामा तीव्र हुरीबतासको साथ पानी पर्नसक्छ। यसबाट ज्यानमालको नोकसान नहोस् यसको निम्ति अग्रिम सतर्कता अपनाउँदै राष्ट्रिय आपदा मोचन बल (एनडीआरएफ) को आठ टीमलाई दीघामा तैनात गरिएको छ। एनडीआरएफको सेकन्ड बटालियनको कमान्डेन्ट गुरविन्दर सिहंले भने, हामीले आठ टीमलाई तैनात गरेका छौं। यसमा २०० प्रशिक्षित जवान छन्, जो बचाउ कार्यमा दक्ष छन्। यस बाहेक १०० जवानलाई स्ट्याण्डबाईमा राखिएको छ।
उल्लेख्य, मौसम विभागले शुक्रवार स्पष्ट गरेको छ, चक्रवात बिस्तारै बङ्ग्लादेश र म्यान्मारको समुद्र तटीय क्षेत्रहरूतिर बढ़िरहेछ। त्यहाँ १४ मई दिउँसो बङ्ग्लादेशको कक्स बजार र म्यान्मारको सीतवेमा समुद्र तटमा यो ठोकिने सम्भवाना छ। त्यस समय लगभग १५० देखि १७५ किमी प्रति घण्टाको बेगले आँधी चल्नसक्छ, जसबाट ज्यानमालको भारी नोकसान हुने आशंका छ।
-हिस










