आपस्तमा भिड़े टीएमसीपी र एबीवीपीका कार्यकर्ता

IMG-20230408-WA0112.jpg

सिलगढ़ीः सिलगढ़ीको डाबग्रामस्थित गवर्नमेन्ट पोलिटेक्निक कलेजमा अखिल भारतीय विद्यार्थी परिषद (एबीवीपी) द्वारा डाकिएको हड़ताललाई लिएर शुक्रवार झड़प भयो। तृणमूल कांग्रेस छात्र परिषद (टीएमसीपी) र एबीवीपीका कार्यकर्ता आपस्तमा भिड़े। जस कारण क्षेत्रमा केही समयका लागि तनावको माहोल बन्यो। वस्तुतः टीएमसीपीले बिहिवार धेरै मागहरूको समर्थनमा पोलिटेक्निक कलेज पदाधिकारीलाई ज्ञापन दिन एबीवीपीलाई रोकेको थियो। एबीवीपीले यस घटनालाई लिएर आज पोलिटेक्निक कलेजमा १२ घण्टाको बन्दको आह्वान गरेको थियो। एबीवीपीद्वारा डाकिएको छात्र हड़ताललाई लिएर शुक्रवार बिहान एबीवीपी छात्र संगठनका सदस्य कलेज सामू धरना दिइऱहेका थिए। जसको टीएमसीपीका सदस्यहरूले विरोध गरे।

यस विषयलाई लिएर दुवै छात्र संगठनमा भनावैरीपछि झड़प शुरू भयो। पुलिस हस्तक्षेपबाट मामिला शान्त भयो, तर दुवै गुटबीच फेरि मारपीट शुरू भयो। एबीवीपीले आरोप लगाएको छ, टीएमसीपीका कार्यकर्ताहरूले पुलिसको उपस्थितिमा उनीहरूमाथि धारिलो हतियार र लौरोले खेदो गरेर हमला गऱे। घटनालाई लिएर एबीवीपीको राज्य कमिटीका सदस्य अनिकेत दे सरकारले भने, हामी बिहानैदेखि शान्तिपूर्वक धरना दिइऱहेका थियौं। अचानक टीएमसीपीका सदस्यहरूले बाहिरबाट मानिसहरू ल्याएर हामीमाथि बांस र लौरोले हमला गरे। हाम्रा धेरै सदस्यहरू घाइते भएका छन्। पूरा घटना पुलिस अगाड़ी भएको छ। अर्कोतिर, दार्जीलिङ जिल्ला टीएमसीपी (समताल) का अध्यक्ष तनय तालुकदारले भने, मारपीट जस्तो कुनै घटना भएको छैन। एबीवीपीका केही कार्यकर्ता रड र लौरो लिएर पुगेका थिए। जब हामीले यसको विरोध गर्यौं तब उनीहरू भाग्न थाले।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement