कोलकताः काजी नजरूल इस्लामको पुत्रवधू कल्याणी काजीको शुक्रवार निधन भएको छ। बिहान लगभग ५.३० बजी कोलकाताको एसएसकेएम अस्पतालमा उनले अन्तिम सास लिइन्। उनको आयु ८७ वर्ष थियो। उनी काजी नजरूल इस्लामको कान्छी पुत्रवधू थिइन्। उनले काजी नजरूल इस्लामको संगीत गाउने गर्थिन्। पश्चिम बंगाल सरकारले उनलाई २०१५ मा संगीत महासम्मान प्रदान गरेको थियो। उनी पश्चिम बंगाल काजी नजरूल इस्लाम अकादमीको सल्लाहकार परिषदको सदस्य पनि थिइन्। उनले काजी नजरूलबारे धेरै अनजान कथाहरू मानिसहरू समक्ष लिएर आएकी थिइन्।
कल्याणी काजीको निधनमा मुख्यमन्त्री ममता ब्यानर्जीले शोक प्रकट गरेकी छन्। उनले भनिन्, विशिष्ट गायिका र काजी नजरूल इस्लामकी कनिष्ठ पुत्रवधू काजी अनिरूद्धकी पत्नी कल्याणी काजीको निधनको खबरले दुःखी छु। उनले आज बिहान कोलकातामा अन्तिम सास लिएकी छन्। नजरूल गीतहरूलाई धेरै नै शानदार तकीराले गाएर श्रोताहरूलाई मुग्ध गर्नेगर्थिन्। उनको निधनले संगीत जगतलाई एक अपूरणीय क्षति भएको छ। म कल्याणी काजीका परिजन र अनुगामीहरूप्रति संवेदना व्यक्त गर्दछु।
-हिस










