किशोरीको यौन उत्पीड़नको आरोपमा व्यक्ति पक्राउ

IMG-20230408-WA0112.jpg

जलपाइगढ़ीः जिल्लाको मटेली थाना पुलिसले एक ५५ वर्षीय व्यक्तिलाई १६ वर्षीय किशोरीमाथि यौन शोषणको आरोपमा पक्राउ गरेको छ। घटना मटेली प्रखण्डको चिया कमान क्षेत्रको हो। आरोपितलाई शुक्रवार जलपाइगढ़ी कोर्टमा पेश गरिनेछ। स्थानीय सूत्रहरू अनुसार, किशोरीले आरोपितलाई दादू भनेर बोलाउने गर्थिन्। छिमेकीले चार वर्षदेखि किशोरीलाई दवाई दिएर उसको य़ौन शोषण गर्दै आइरहेको आरोप छ। किशोरीले डरले कसैलाई केही पनि बताइनन्। पछि किशोरीले यसको जानकारी आफ्ना परिजनहरूलाई दिइन्।

मामिला अघि आउनसाथ किशोरीका परिजनहरूले बिहिवार राति मटेली थानामा आरोपित छिमेकी विरूद्ध शिकायत दर्ता गराएका छन्। शिकायतको आधारमा पुलिसले आरोपितलाई पक्राउ गऱ्यो। नाबालिगलाई शारीरिक परीक्षणको निम्ति मालबजार सुपर स्पेशियलिटी अस्पताल लगिनेछ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement