सुनको २५ बिस्किटका साथ बीएसएफले तस्करलाई समायो

fv57hz6ayae8stf-sixteen_nine.jpg

कोलकताः उत्तर २४ परगना जिल्ला अन्तर्गत भारत-बांग्लादेश सीमामा तैनात सीमा सुरक्षा बल (बीएसएफ) ले सुनको २५ बिस्किटका साथ एक तस्करलाई पक्राउ गरेको छ। उसको पहिचान अमीर मण्डलको रूपमा गरिएको छ, जो यसै जिल्लाका बासिन्दा हुन्। बीएसएफको तर्फबाट जानकारी गराइएको छ, एक दिनअघि बिहिवार अबेर राति अमीर मण्डललाई पक्राउ गरियो। तस्करबाट उद्धार गरिएको सुनको ओजन दुई किलो ९१४ ग्राम रहेकाे छ, जसको मूल्य एक करोड़ ८० लाख ४० हजार ५०७ रूपियाँ रहेकाे छ। उसलाई सीमा चौकी मधुपुर नजिक बांग्लादेश सीमा नाघेर भारतमा पस्ने प्रयास गरिरहेको समय पक्राउ गरियो। उसलाई सुनको साथ अघिको कारबाहीको निम्ति कस्टम विभाग बनगाउँलाई सुम्पिएको छ। उसले बताए अनुसार, सुन उत्तर २४ परगना जिल्लाकै गढ़ाकोटा गाउँ निवाश परेशलाई सुम्पिनु पर्ने थियो, जसको साटो उनले केवल तीन हजार रूपियाँ पाउने थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement