मथुरा रोडस्थित दिल्ली पब्लिक स्कूलमा बम विस्फोट गराउने धम्की, मच्चियो खैलाबैला

d38b5ad9-eab7-47d0-846c-8b1fcd90620c

नयाँ दिल्लीः दक्षिण पूर्वी जिल्लाको मथुरा रोडस्थित दिल्ली पब्लिक स्कूल (डीपीएस)-मा बम विस्फोट गराउने धम्की फेरि एकपटक प्राप्त भएको छ। यो धम्की एक मेलको माध्यमबाट गए बिहीवार साँझ पठाइएको थियो। यसबारे पुलिसलाई सूचित गरिएको छ। पुलिसले जाँच गर्दा मामिला झुटो पाइयो। डीसीपी राजेश देवले शुक्रवार बताए, गए बिहीवार साँझ लगभग ६:१७ बजे ई-मेलको माध्यमबाट सूचना प्राप्त भएको थियो। यसमा लेखिएको थियो- “म १२ मईको बिहान ११ बजे स्कूलमा विस्फोट गर्नेवाला छु।” त्यसपछि एसीपी, एसएचओको देखरेखमा थाना हजरत निजामुद्दीनबाट पुलिस टीम स्कूल पुग्यो। यसबीच बम निरोधक समूह पनि घटनास्थलमा पुग्यो।

पुलिसले बताए अनुसार खोजी कुकुरहरूको साथमा बीडीएस टीमले सम्पूर्ण स्कूलको खोजी गऱ्यो। स्कूलका स्टाफहरूको सहयोगमा स्कूलको म्यान्युअल पनि तलासी गरियो, तर त्यस्तो केही पनि संदिग्ध हात लागेन। डीसीपीले बताए, मामिला दर्ता गरेर जाँच गरिरहेका छौं। गत महिना पनि यसै स्कूलमा वम राखेको सूचना प्राप्त भएको थियो। स्कूलमा वम राखिएको झुटो सूचना दिइएको यो दोस्रो पटक हो। यसपूर्व गत २६ अप्रेलको दिन स्कूलमा वम राखिएको सूचना प्राप्त भएको थियो। त्यसबेला पनि वम त के त्यस्तो संदिग्ध वस्तुहरू समेत फेला परेको थिएन। जाँचमा थाहा लागेको थियो कि मेल एक विद्यार्थीको हो, तर उसले जाँचबुझमा आफूले मेल पठाएको कुरालाई अस्वीकार गरेको थियो।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement